उद्योगी-व्यवसायीको समस्या समाधान सरकारले गर्नैपर्छ : उपराष्ट्रपति

हिमाल प्रेस २१ वैशाख २०८० १३:३१
4
SHARES
उद्योगी-व्यवसायीको समस्या समाधान सरकारले गर्नैपर्छ : उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्योगी-व्यवसायीको समस्या समाधान गर्न सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुको विकल्प नरहेको बताएका छन्।

उद्योगी-व्यवसायीहरूले चर्को ब्याजदरका कारण आफूहरू मारमा परेको गुनासो गरिरहेका बेला उपराष्ट्रपति यादवले लगानी, व्यावसायिक वातावरण निर्माण गरी उनीहरूको समस्या समाधान गर्न सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने स्मरण गराएका हुन्।

ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले रोजगारी सृजना, आयात प्रतिस्थापन गरी निर्यात हुने वस्तु उत्पादनको क्षेत्र पहिचान गरी उद्योग, व्यवसाय खोल्ने, साना उद्योगलाई ठूला उद्योगसँग जोडने काममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श जस्ता ठूला र अग्रणी संस्थाहरुले विशेष भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे।

त्यस अवसरमा उपराष्ट्रपति यादवले ग्रिलजन्य सामग्रीहरूको उत्पादनमा मुलुकलाई करिव आत्मनिर्भर बनाउने काम गरेको चर्चा गर्दै ग्रिल व्यवसायीहरूको भविष्य झनै राम्रो रहेको बताए।

 

प्रकाशित: २१ वैशाख २०८० १३:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + thirteen =