यूएई अन्ततः ११७ रनमा अलआउट

हिमाल प्रेस १९ वैशाख २०८० ९:२९
14
SHARES
यूएई अन्ततः ११७ रनमा अलआउट

काठमाडाैँ- एसीसी प्रिमियर कप फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) अन्ततः ११७ रनमा अलआउट भएको छ। यूएईको अन्तिम विकेट ललित राजवंशीले लिए। सोमबार खेल रोकिँदा ह्याट्रिकको संघारमा रहेका ललितले मंगलबार जुनैद सिद्दिकीलाई कुशल भुर्तेलमार्फत क्याचआउट गराए।

यूएई २७.३ ओभरमा १०६/९ को स्थितिमा हुँदा खेल रोकिएको थियो। मंगलबार त्रिभुवन विश्वविद्यालयको मैदानमा ब्याटिङ सुरु गरेको यूएईले ११ रन थप गर्‍यो। ११ मध्ये १० रन सिद्दिकीले जोडे। कार्थिक मेयप्पन एक रनमा अविजित रहे।

टस जितेर बलिङको निर्णय गरेको नेपालले सुरुबाटै यूएईलाई दबाबमा राखेको थियो। नेपाली बलरहरू चम्किएको खेलमा ललित राजवंशीले सोमबार पाँच रन खर्चिएर तीन विकेट हात पारेका थिए। आखिरमा उनको नाममा चार विकेट रह्यो। ७.१ ओभर बलिङ गरेका उनले १४ रन खर्चिए।

ओसिलो पिचमा यूएईलाई सस्तोमा समेट्न करण केसी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए। त्यसैगरी सोमपाल कामी र गुल्शन झाको नाममा एक–एक विकेट रह्यो।

सोमबार नेपालले चौथो ओभरमा पहिलो विकेट लिएको थियो। दोस्रो ओभर बलिङ गर्न फर्किएका सोमपाल कामीले ओपनर मोहम्मद वासिमलाई ललित राजवंशीमार्फत क्याच गराएका थिए। वासिमले ११ रन मात्र बनाउन सके। त्यसपछि यूएईले लगातार विकेट गुमाइरह्यो। पाँचौँ ओभरमा भृत्य अरबिन्द (८) र नवौँ ओभरमा अर्का ओपनर आर्यन लक्रा (१३) आउट भए। यी दुवैको विकेट करण केसीलेले लिए।

त्यसअघि भीम शार्कीले आठौँ ओभरमा क्याच छाडेपछि लाक्राले जीवनदान पाएका थिए। तर लाक्राको पुनर्जीवनले धेरै समय निरन्तरता पाएन। नवौँ ओभरको पहिलो बलमै उनलाई करण केसीले आरिफ शेखमार्फत क्याच आउट गराए।

विकेट लिनेको सूचीमा ललित १० औँ ओभरमा थपिए। उनले आफ्नो दोस्रो बलिङ ओभरको पहिलो बलमै रमिज शाहजादलाई पभेलियन फर्काइदिए। पाँच बलमा एक रन बनाएका शाजादलाई गुल्शन झाले क्याच आउट गरेका थिए।

१० ओभरको समाप्तिमा ३५÷४ को स्थितिमा रहेको यूएईलाई रोहन मुस्ताफा र आशिफ खानको जोडीले सम्हाल्ने अनुमान गरिएको थियो। तर मुस्ताफा दुई रनमै समेटिए। उनी सन्दीप लामिछानेको बलिङको सिकार बने। आशिफ खानले भने ४६ रन बनाए। उनी २८ औँ ओभरमा ललितको बलमा पभेलियन फर्किएका थिए।

प्रकाशित: १९ वैशाख २०८० ९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + thirteen =