बैंकको ब्याजदर अझै घट्न सक्छ : प्रधानमन्त्री

हिमाल प्रेस १८ वैशाख २०८० १६:१८
4
SHARES
बैंकको ब्याजदर अझै घट्न सक्छ : प्रधानमन्त्री

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंकको ब्याजदर अझै घटाउन जोडबल गरिरहेको बताएका छन्। दाहालले सोमबार गैँडाकोटमा मौलाकाली केवलकार उद्घाटन समारोहमा भने, ‘बैंक ब्याजदर घट्दो क्रममा छ। यही महिना अन्त्यसम्म अझै घटाउनेतिर हाम्रो जोडबल छ।’

प्रचण्डले आफूले सरकारको नेतृत्व गरेपछि रेमिट्यान्स पनि बढ्दो क्रममा रहेको दाबी गरे। उनले राजस्व संकलन पनि बढ्दो क्रममा रहेको जानकारी दिए। उनले भने, ‘अझ बढाउने तयारीमा छौँ। विदेशी मुद्राको सञ्चिति उत्साहप्रद छ। हामी त्यसलाई अझ सन्तुलनमा ल्याउने जोड गर्दैछौँ।’

प्रधानमन्त्रीले राजनीतिमा सकारात्मक भन्दा नकारात्मक कुरा गर्ने अराजक प्रवृत्ति घातक रहेको बताए। प्रचण्डले भने, ‘हामीले जनतामा निराशा र हतास बाँड्ने काम रोकिदिनुपर्छ।’

यस्तै प्रधानमन्त्रीले ईपासपोर्टदेखि लाइसेन्स लिन कष्टकर रूपमा लामो समयसम्म लाइन लाग्नुपर्ने समस्या समाधान भइसकेको दाबी गरे। उनले भने, ‘विद्यालयमा पुस्तक नपुगेर दस वर्षसम्म हाम्रो के हालत थियो? अहिले विद्यार्थी भर्ना हुनुभन्दा अगाडि नै पुस्तक पुग्यो विकटभन्दा विकट जिल्लामा।’

उनले विदेशमा गएका लाखौँ नेपालीका लागि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णयले लाखौँ युवा लाभान्वित हुने दाबी गरे। उनले राजनीतिमा आत्मविश्वास, प्रेरणा जगाउने, आशा जगाउने, सकारात्मक पहल गर्नेभन्दा जतासुकै अँध्यारो देखाउन प्रवृत्तिले अराजकता उत्पन्न हुन खोजेको पनि बताए।

प्रकाशित: १८ वैशाख २०८० १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast