सिटिजन्स बैंकको मोबाइल एपमा नयाँ सुविधा

हिमाल प्रेस ८ जेठ २०८० ११:१५ | Monday, May 22, 2023
सिटिजन्स बैंकको मोबाइल एपमा नयाँ सुविधा

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोबाइल बैंकिङ एपमा नयाँ सुविधा थप गरेको छ। बैंकले मोबाइलमार्फत प्रिभिलेज बैंकिङ सेवा सुरु गरेको छ।

यसअघि प्रिभिलेज काउन्टरमार्फत मात्रै यो सुविधा दिइरहेको थियो। यस सेवाअन्तर्गत ग्राहकले बैंकका तोकिएका सम्पर्क अधिकृतमार्फत बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्।

त्यसै गरी एपमार्फत नेपाल पे को क्यूआर सञ्चालनमा ल्याएको छ। अब बैंकका ग्राहकले फोन पेका अतिरिक्त नेपाल पे को क्यूआर कोडसमेत स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। यसका साथै चेक रोक्का राख्ने सुविधा पनि थप भएको छ।

प्रकाशित: ८ जेठ २०८० ११:१५ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast