काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोबाइल बैंकिङ एपमा नयाँ सुविधा थप गरेको छ। बैंकले मोबाइलमार्फत प्रिभिलेज बैंकिङ सेवा सुरु गरेको छ।
यसअघि प्रिभिलेज काउन्टरमार्फत मात्रै यो सुविधा दिइरहेको थियो। यस सेवाअन्तर्गत ग्राहकले बैंकका तोकिएका सम्पर्क अधिकृतमार्फत बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्।
त्यसै गरी एपमार्फत नेपाल पे को क्यूआर सञ्चालनमा ल्याएको छ। अब बैंकका ग्राहकले फोन पेका अतिरिक्त नेपाल पे को क्यूआर कोडसमेत स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। यसका साथै चेक रोक्का राख्ने सुविधा पनि थप भएको छ।
                            प्रकाशित: ८ जेठ  २०८० ११:१५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             

