संघीय संसद्को संयुक्त बैठक बस्दै, नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल हुने

हिमाल प्रेस १४ जेठ २०८० ७:५१ | Sunday, May 28, 2023
संघीय संसद्को संयुक्त बैठक बस्दै, नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल हुने फाइल तस्बिर।

काठमाडौँ- संघीय संसद्को संयुक्त बैठक आज (आइतबार) बस्दैछ। बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित गर्ने सम्भावित कार्यसूची छ।

बैठकमा संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समिति सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ। त्यसपछि समिति सभापति प्रधानले यसलाई पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने संघीय संसद् सचिवालयले जनाएको छ।

यस्तै आइतबार नै दिउँसो १ बजे प्रतिनिधिसभाको नियमित बैठक बस्दैछ। सो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आ.व. २०७९/०८० को आर्थिक सर्वेक्षण’ पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

प्रकाशित: १४ जेठ २०८० ७:५१ | Sunday, May 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast