रेशम चौधरीलाई दिइएको आममाफीविरुद्धको रिटमाथि आज सुनवाइ हुँदै

हिमाल प्रेस १७ जेठ २०८० ७:२३ | Wednesday, May 31, 2023
रेशम चौधरीलाई दिइएको आममाफीविरुद्धको रिटमाथि आज सुनवाइ हुँदै

काठमाडौँ– टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई आममाफी दिइएको सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ बुधबार (आज) हुँदैछ। घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहरा पत्नी शारदा बोहरा कडायतले मंगलबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकेको हो।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिँदै कारागारबाट रिहा गरेपछि उनले सर्वोच्चमा आइतबार रिट निवेदन दर्ता गराएकी थिइन्। आइतबार रिट दायर गरे पनि दर्ता भएको थिएन। रिट मंगलबार दर्ता भएको हो।

सो हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले यही जेठ २ गते सदर गरेको थियो।

यसलगत्तै सरकारले गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई आममाफी दिए पछि सोही दिन चौधरी जेलबाट छुटेका हुन्। सर्वोच्चको फैसलाअनुसार उनी थप १४ वर्ष जेल बस्नु पर्नु भए पनि आममाफीपछि सो कैद मिनाहा भएर उनी निस्किएका हुन्।

०७२ सालमा नयाँ संविधान जारी हुन लाग्दा थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रूप लिँदा टीकापुरमा ०७२ भदौ ७ गते एक बालकसहित ७ सुरक्षाकर्मीको वीभत्स हत्या गरिएको थियो।

यो पनि:

रेशम चौधरीविरुद्ध इन्स्पेक्टर बोहराकी श्रीमती शारदाले दिएको रिट सर्वोच्चमा दर्ता

प्रकाशित: १७ जेठ २०८० ७:२३ | Wednesday, May 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast