रातदिन काम गरेर भए पनि मन्त्री निवास भवन समयमै निर्माण गर्नूस् : मन्त्री गुरुङ

हिमाल प्रेस ६ जेठ २०८० २०:४४ | Saturday, May 20, 2023
रातदिन काम गरेर भए पनि मन्त्री निवास भवन समयमै निर्माण गर्नूस् : मन्त्री गुरुङ

काठमाडौँ– सहरी विकासमन्त्री सीता गुरुङले ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवास भवन छिटो पूरा गर्न निर्देशन दिएकी छन्।

शनिबार आयोजनास्थल पुगेर भवन निर्माणको प्रगतिबारे जानकारी लिँदै उनले व्यवसायीलाई सम्झौता बमोजिम बाँकी काम चाँडो पूरा गर्न निर्देशन दिएकी हुन्।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले ०७६ कात्तिकमा सभामुख, राष्ट्रियसभा अध्यक्ष, संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो।

मन्त्री गुरुङले समयमा काम नसकिए सरकारले म्याद थपिहाल्छ भन्ने मान्यताबाट काममा ढिलासुस्ती नगर्न निर्माण कम्पनीलाई निर्देशन दिइन्।

‘समयमै काम सकियो भने तपाईंलाई पनि ढुक्क हुन्छ, सरकारको पनि एउटा योजना पूरा हुन्छ, बरु कामदारको संख्या बढाउनुहोस्, दिनरात गरेर भए पनि काम गर्नुहोस्, तर सम्झौता बमोजिम यथाशक्य काम सम्पन्न गर्नुहोस्,’ उनले भनिन्।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अनुसार भवन निर्माणको काम हालसम्म ९० प्रतिशत सम्पन्न भएको छ। मन्त्री गुरुङसँगै सहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सहरी विकास तथा भवन निर्माण डिभिजन विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठलगायतको टोलीले आयोजनाको स्थलगत अनुगमन गरे।

प्रकाशित: ६ जेठ २०८० २०:४४ | Saturday, May 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast