प्रदेशको नाम पुनर्विचार गर्न कांग्रेसका जिल्ला सभापतिहरूको आग्रह

हिमाल प्रेस १७ जेठ २०८० १६:२६ | Wednesday, May 31, 2023
प्रदेशको नाम पुनर्विचार गर्न कांग्रेसका जिल्ला सभापतिहरूको आग्रह

इटहरी- नेपाली कांग्रेस कोशी प्रदेशका जिल्लाका सभापतिहरूले कोशी प्रदेशको नाम पुनर्विचार गर्न माग गरेका छन्। प्रदेशका १४ वटै जिल्लाका कांग्रेस सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशको नाम पुनर्विचारका लागि पार्टी नेतृत्व र प्रदेशसभासँग आग्रह गरेका हुन्। ‘यो विरोधको सुनुवाइ नेपाली कांग्रेसको नेतृत्वले गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा युवा तथा खेलकुद मन्त्रीसमेत रहेका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, सुनसरी सभापति केदार भण्डारी, झापाका सभापति देउकुमार थेबेले हस्ताक्षर गरेका छन्।

त्यस्तै खोटाङ जिल्ला सभापति विष्णुकुमार राई, उदयपुर सभापति हिमाल कार्की, संखुवासभाका सभापति दीपक खड्का र ओखलढुंगाका सभापति तेजेन्द्र खनालले पनि विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

त्यस्तै, सोलुखुम्बुका सभापति नामगेल जाङ्बु शेर्पा, तेह्रथुमका सभापति अर्जुन तुम्बाहाम्फे, इलामका सभापति डम्बर खड्का, पाँचथरका सभापति रूपनारायण जगेबु, धनकुटामन सभापति दिनेश राई, भोजपुरमन सभापति विनोद राई वान्तवा र ताप्लेजुङमन सभापति गजेन्द्र तुम्याहाङले पनि विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

प्रकाशित: १७ जेठ २०८० १६:२६ | Wednesday, May 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast