नदीमा डुबेर मृत्यु

हिमाल प्रेस ३० वैशाख २०८० १४:०४ | Saturday, May 13, 2023
नदीमा डुबेर मृत्यु प्रतिनिधिमूलक तस्बिर

बाँके- बाँकेको कोहलपुरमा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ। कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार आज ३६ वर्षीय कमल साहानीको जेठिनाला नदीमा नुहाउँदा डुबेर मृत्यु भएको हो।

मृतक साहानी बैजनाथ गाउँपालिका–४ बोरिङ बस्तीका हुन्। प्रहरीका अनुसार साहानी आज बिहान ९ बजे घरदेखि दुई सय मिटर दक्षिण पर्ने नदीमा नुहाउन गएका थिए।

उनलाई नदीमा डुब्दै गरेको अवस्थामा छिमेकीले देखेपछि उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक साहानीसँगै उनका जेठान दत्त पुन रहेका थिए। घटनाको वास्तविक विवरण आउन बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साहानीको शव मेडिकल कलेज कोहलपुरमा राखिएको छ।

प्रकाशित: ३० वैशाख २०८० १४:०४ | Saturday, May 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast