घटनास्थल पुगेको सशस्त्र प्रहरीको टोली।
काठमाडौँ- दार्चुलाको व्याँस गाउँपालिका-१ बोलिंगमा मंगलबार अपराह्न हिमपहिरो गएको छ। हिमपहिरो गएको ठाउँमा यार्सागुम्बा संकलन गर्न गएका दुईवटा समूहका आठ जना बसेको सशस्त्र प्रहरी बल नेपाल, ५० नम्बर गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीदत्त भट्टले जानकारी दिए।
त्रिपाल हालेर बसेकामध्ये कलावती कार्कीले हिमालप्रेसलाई दिएको जानकारी
हामी दुहु गाउँपालिका ४ धारीका चार जना एउटा त्रिपाल हालेर बसेका थियौँ। हिमपहिरो आएको थाहा पाउनासाथ हामी भाग्यौँ। मेरो १८ वर्षको छोरा अर्जुन कार्कीलाई पहिरोले पुरेको थियो। म दौडिँदा दौडिँदै छोरोको टाउकोमात्रै देखेँ र हत्तपत्त निकाल्न भ्याएँ। छोरोलाई ठूलो चोट देखिएको छैन। हाम्रो पालमा भएका अरू दुई जना अहिलेसम्म कता छन् थाहा छैन। उनीहरूलाई फोन पनि लागेको छैन।
हामी नजिकै अर्को गाउँका चार जना पनि पाल हालेर बसेका थिए। उनीहरूसँग चिनजान थिएन। पहिरो आएपछि सँगै भागेका थियौँ। तर पहिरो आएको ठाउँबाट अरू मान्छे चिच्याएको आवाज आएपछि उनीहरू आफ्नो मान्छे हुन् कि भन्दै त्यतै फर्किएका थिए। हामी आमाछोरा अहिले छाङरु आइपुगेका छौँ। यो पहिरो गएको ठाउँभन्दा चार घण्टा टाढा छ। हामीसँगै भागेकाहरू अहिलेसम्म कता छन् थाहा छैन।पहिरोमा परेकाहरू कराइरहेका थिए। कतै देखिएनन्।


