चौधरीलाई माफी दिएको विरोधमा पूर्वप्रहरीले जलाए राष्ट्रपति र प्रधानमन्त्रीको पुतला

हिमाल प्रेस १६ जेठ २०८० १८:४६ | Tuesday, May 30, 2023
चौधरीलाई माफी दिएको विरोधमा पूर्वप्रहरीले जलाए राष्ट्रपति र प्रधानमन्त्रीको पुतला

काठमाडौँ– पूर्वप्रहरी कर्मचारी संगठन सुनसरीले इनरुवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्दा दहन गरेको छ। जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारले आम माफी दिएको भन्दै इनरुवा बस चोकमा उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्।

प्रहरी उच्च अधिकारीसहितको हत्यामा जन्मकैद भोगिरहेका व्यक्तिलाई माफी दिनुले प्रहरी कर्मचारी र परिवारको मान सम्मानमा चोट पुगेको पूर्वप्रहरी कर्मचारी पहलबहादुर कटवालले बताए।

पुत्ला दहन कार्यक्रममा प्रदर्शनकारीले नेपाल सरकारको सिफारिसमा रेशम चौधरीलाई राष्ट्रपतिले आम माफी दिनु मुलुकको कानूनी राज्य प्रतिको उपहास भएको बताए।

उनीहरुले सरकारप्रति जनताको विश्वास गुम्दै गएको समेत समेत बताए। पूर्वप्रहरी कर्मचारी संगठनको अगुवाईमा आयोजित पुत्ला दहन कार्यक्रममा स्थानीयहरुले समेत सहभागिता जनाएका थिए।

रेशम चौधरीविरुद्ध इन्स्पेक्टर बोहराकी श्रीमती शारदाले दिएको रिट सर्वोच्चमा दर्ता

प्रकाशित: १६ जेठ २०८० १८:४६ | Tuesday, May 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast