सांकेतिक तस्बिर।
इटहरी– इटहरीमा नक्कली नोटसहित एकजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी–१ स्थित आँपगाछीमा लागेको सिरुवा मेलामा नक्कली नोटसहित एक पुरुष पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका २ घर भएका वर्ष ३८ को जमिल खातुन छन्। उनलाई बिहीबार साँझ ७ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ। मेलामा जेरी किनेर एक हजार रुपैयाँ तिर्दा व्यापारीले नक्कली पैसाको शंका लागेर प्रहरीलाई खबर गरेका थिए।
तत्काल पक्राउ परेका खातुनको साथबाट प्रहरीले एक हजारका ६ थान र पाँच सयको २२ थान नक्कली नोट बरामद गरेको छ। पक्राउ परेका खातुनका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
प्रकाशित: २२ वैशाख २०८० १५:५४
प्रतिक्रिया


