काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री सुदन किराती र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ। भेटवार्तामा युरोपियन युनियनद्वारा नेपाली विमान कम्पनीहरूलाई ईयूको कालोसूचीबाट हटाएर सिधा उडान गर्न पहल गर्नेबारे छलफल भएको पर्यटनमन्त्री किरातीले जानकारी दिए।
भूतपूर्व गोर्खा सैनिकको समस्या दुई देशबीचको साझा सवाल भएकाले स्थायी समाधानका लागि यथाशीघ्र पहल गर्नेबारे पनि छलफल भएको मन्त्री किरातीले बताएका छन्।
युरोपेली आयोगले २०७० साल मंसिरमा नेपालमा उडान गरिरहेका सम्पूर्ण नेपाली विमान कम्पनीलाई युरोपेली युनियन आबद्ध देशहरूमा उडान गर्न निषेध गर्ने निर्णय गरेको थियो।
प्रकाशित: ५ जेठ २०८० १९:४३ | Friday, May 19, 2023
प्रतिक्रिया





