एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा

हिमाल प्रेस १६ वैशाख २०८० १७:०५
2
SHARE
एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा

काठमाडौँ- एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएई खेल्ने भएका छन्। शनिबार कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा भएको नेपाल र कुवेतबीचको खेल वर्षाका कारण रद्द भएसँगै नेपाल समूह चरणको विजेताका रूपमा फाइनल पुगेको छ।

त्यस्तै मूलपानी क्रिकेट मैदानमा भएको यूएई र ओमानबीचको खेल २ रनले जित्दै यूएई फाइनलमा पुगेको हो। वर्षाका कारण अवरुद्ध भएको खेलमा डक्‍वर्थ लुईस स्टर्न (डीएल) मेथडबाट यूएईले २ रनले जितेको हो।

एसीसी प्रिमियर कप : वर्षाका कारण सेमिफाइनलका खेल रोकिए

कुवेतलाई २८१ रनको लक्ष्य

प्रकाशित: १६ वैशाख २०८० १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =