काठमाडौँ- नागरिक अगुवाहरूले मिटरब्याजपीडितमाथि प्रहरीले दमन गरेको भन्दै नागरिक अगुवाहरूले खबरदारी गरेका छन्। बुधबार वृहत नागरिक आन्दोलनले मिटरब्याजपीडितको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै सरकारलाई खबरदारी गरेको हो। र्याली शान्तिबाटिकादेखि बानेश्वरसम्म पुगेको थियो। गत सोमबार रत्नपार्कस्थित शान्तिवाटिकामा प्रदर्शनमा निस्किएका मिटरब्याजीपीडितमाथि प्रहरीले दमन गरेको थियो।
प्रकाशित: ६ वैशाख २०८० १६:५३
प्रतिक्रिया