कर्णाली सरकारबाट बाहिरियो एमाले

हिमाल प्रेस २६ चैत २०७९ १७:३८
16
SHARES
कर्णाली सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेबाट मन्त्री बनेका तीनै जनाले आज आइतबार मुख्यमन्त्री राजकुमार शर्मालाई भेटेर राजीनामा पत्र बुझाएका हुन्।

यहाँ पनि केन्द्रमा भएको राजनीतिक घटनाक्रमको प्रभाव परेको हो। केन्द्रमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन भत्किएपछि यहाँ पनि एमाले माओवादी नेतृत्वको सरकारबाट बाहिरएको छ।

उद्योग वातावरण तथा पर्यटनमन्त्री जितबहादुर मल्लले विकसित राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर सरकारबाट बाहिरिएको जानकारी दिए।

‘मुख्यमन्त्रीलाई काम गर्न सहज होस् भनेर हामीले राजीनामा बुझाएका हौँ,’ उनले हिमालप्रेससँग भने, ‘समर्थन फिर्ताको विषयमा एक दुई दिनमा निर्णय हुन्छ।’

मल्लले मुख्यमन्त्रीलाई राजीनामा बुझाइसकेको र मन्त्रालय पुगेर गाडी बुझाएर निस्कने तयारी गरिरहेको जानकारी दिए।

कर्णाली सरकारमा सामाजिक विकासमन्त्री टेकराज पछाईँ, उद्योग वातावरण तथा पर्यटनमन्त्रीमा जीतबहादुर मल्ल र आर्थिक मामिला मन्त्रीमा विनोदकुमार शाह थिए।

प्रकाशित: २६ चैत २०७९ १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + twenty =