सांसद हरि ढकालले भने : एयरपोर्टका कर्मचारीले शव बोकेको बाकस पनि फुटाउन थाले

हिमाल प्रेस २३ चैत २०७९ १३:५६
36
SHARES
सांसद हरि ढकालले भने : एयरपोर्टका कर्मचारीले शव बोकेको बाकस पनि फुटाउन थाले

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले शव बोकेको बाकसमा भ्रष्टाचार हुने गरेको बताएका छन्। उनले एयरपोर्ट भन्सारमा शव बोकेका बाकस फोडेर भ्रष्टाचार भइरहेको बताएका हुन्।

उनले बिहीबार प्रतिनिधिसभा बैठकमा सरकारको ध्यानाकर्षण गराउँदै भ्रष्टाचारले देशका हरेक क्षेत्रमा संस्थागत रूपमा जरा गाडिरहेको बताएका हुन्।  उनले भने, ‘हामीले लगेज फुटाइएको त सुन्दै आएका छौँ। शव बोकेको बाक्सासमेत फोडिएको छ गरहगना छ कि भनेर लुट्नका लागि।’ उनले भ्रष्टाचारको संस्थागत भएकै कारण यस्तो अवस्था आएको बताए। ढकालले भने, ‘अनौठो छ एयरपोर्ट, त्यहाँको स्क्रिनले लागूऔषध देख्दैन। तर शव बोकेको बाकस लुटिन्छ। ’

यस्तै वैदेशिक रोजगारीका लागि कतार पुगेका एक निर्दोष नेपाली लागूऔषध बोकेको आरोपमा थुनामा रहेको विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराए। गरिब किसानका छोरालाई दलालीहरूले लागूऔषध बोकाएर फसाइएको बताए।

उनले भने, ‘गरिब किसानलाई एयरपोर्टमा झुक्याएको विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराएको थिएँ।’  ती युवकलाई तीन लाख रियल जरिबाना र १० वर्षको कैद तोकिए पनि उद्धारका लागि सरकारबाट पहल भएको छैन। उनले भने, ‘यस्ता धेरै नेपालीहरू विभिन्न देशका जेलमा छन्। वैदेशिक रोजगारीमा लैजाने दलाललहरूले कति नेपालीहरूलाई ठगेका होलान्?’

तर यसबारे कुनै नियोग र नेपाली दूतावाससँग तथ्यांक नभएको बताए। ढकालले भने, ‘बाबुलाई आफ्नो छोरा काठमाडौँ आएर पत्ता लगाउन उनका बाबुलाई आठ/नौ महिना लागेको छ।’

ढकालले एयरपोर्टको स्क्रिनमा लागूऔषध नदेखिने तर शवको बाकसमा चाहिँ भ्रष्टाचार हुने गरेको बताए। यस्तै उनले गरिब चेपाङ बच्चाको दिवा खाजामा भ्रष्टाचार भइरहेको बताए।

प्रकाशित: २३ चैत २०७९ १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 11 =