सन्‌राइज बैंकद्वारा नेपाल प्रहरीका विद्यालयहरूलाई छात्रवृत्ति सहयोग

हिमाल प्रेस २२ चैत २०७९ १९:१५
2
SHARE
सन्‌राइज बैंकद्वारा नेपाल प्रहरीका विद्यालयहरूलाई छात्रवृत्ति सहयोग

काठमाडौँ- सन्‌राइज बैंकले नेपाल प्रहरीका विद्यालयहरूलाई करिब ७० लाख रुपैयाँ बराबरको छात्रवृत्ति सहयाेग गरेकाे छ। प्रहरीका विद्यालयहरूमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ६ लाख ९८ हजार ६ सय ३४ रुपैयाँ बराबरको छात्रवृत्ति दिएको हो।

नेपाल प्रहरीका विभिन्न आठ वटा विद्यालयमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले १५ जना विद्यार्थीलाई कक्षा ४ देखि १२ सम्म अध्ययन गर्न सहयोगस्वरूप छात्रवृत्ति दिइएको बैंकले जानकारी दिएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणा, नायब महाप्रबन्धक रविनकुमार नेपाल, नेपाल प्रहरीका महानिरिक्षक बसन्तबहादुर कुंवर, नेपाल प्रहरीका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपाल र नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक केदार ढकालले छात्रवृत्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे।

प्रकाशित: २२ चैत २०७९ १९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 14 =