रवि लामिछानेविरुद्ध राहदानी मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

हिमाल प्रेस २० चैत २०७९ १४:१०
12
SHARES
रवि लामिछानेविरुद्ध राहदानी मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट दर्ता भएको छ।

यसअघि नागरिकताको विषयमा प्रश्न उठाउँदै मुद्दा हालेका सिन्धुलीका युवराज पौडेल ‘सफल’ले नै राहदानीको विषयमा पनि रिट दायर गरेका हुन्। आइतबार दायर रिट आज सोमबार दर्ता भएको छ। रिटको पेसी मंगलबारलाई तोकिएको छ।

चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो। त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए। प्रहरीले छानबिनपश्चात् लामिछानेले राहदानी लिएको भए पनि त्यसको प्रयोग नगरेको भन्ने मुख्य आधार लिँदै मुद्दा दायर गर्नु नपर्ने राय दिएको थियो। सोही रायलाई महान्यायाधिवक्ता कार्यालयले सदर गरेको थियो।

पौडेलले दायर गरेको रिटमा रिटमा उत्प्रेषण, परमादेशलगायत जे–जो चाहिने उपयुक्त हुन्छ सोही आदेश जारी होस् भन्ने माग गरेका छन्। पौडेलले दायर गरेको रिटमा मुद्दा नचलाउने निर्णय गरेको भन्दै महान्यायाधिवक्ताको कार्यालयलाई पनि विपक्षी बनाइएको छ।

रवि लामिछानेविरुद्ध राहदानी मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट (पूर्णपाठसहित)

प्रकाशित: २० चैत २०७९ १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast