नुवाकोट गाडी दुर्घटना : मृतकको संख्या ३ पुग्यो, १० जना घाइते

हिमाल प्रेस १८ चैत २०७९ ८:४१
2
SHARE
नुवाकोट गाडी दुर्घटना : मृतकको संख्या ३ पुग्यो, १० जना घाइते

नुवाकोट- नुवाकोटको दुप्चेश्वर गाउँपालिका ४ बेतिनीमा शुक्रबार टाटासुमो गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

दुर्घटनामा अन्य १० जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ।

बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडौं जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा शुक्रबार राति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार काठमाडौंको ट्रमा सेन्टरमा उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको हो।
घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो।

घाइते दशमध्ये तीन जनाको अवस्था गम्भीर छ।

प्रकाशित: १८ चैत २०७९ ८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − six =