काठमाडौँ- महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आवास र व्यवसाय कर्जाको योजना ल्याएको छ। बैंकले दुवै कर्जा योजनामा १२.९९ प्रतिशत ब्याजदर तोकेको छ। नयाँ वर्षको अवसरमा बैंकले कर्जा सेवा शुल्कमा विशेष छुट प्रदान गर्ने जनाएको छ।
यस योजनामा बैंकले घरधनी वा व्यवसाय धनी महिला भएमा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिने भएको छ। बैंकले आवास कर्जा योजनाअन्तर्गत निर्माण लागतको शतप्रतिशत कर्जा प्रवाह गर्नेछ। यसको अवधि अधिकतम ३० वर्ष रहने बैंकले जनाएको छ।
यसका साथै व्यवसाय कर्जा योजनामा धितो मूल्यांकनको उच्चतम कर्जा, व्यवसाय सुरु गर्न अग्रिम कर्जा र सेवा शुल्कमा छुटजस्ता सुविधा रहेको छ।
                            प्रकाशित: २० चैत  २०७९ १२:५७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             

