स्टक एक्सचेञ्जको लाइसेन्स वितरणमा ठूलो नीतिगत भ्रष्टाचार भयो : अमरेशकुमार सिंह

हिमाल प्रेस १२ वैशाख २०८० १४:२३ | Tuesday, April 25, 2023
स्टक एक्सचेञ्जको लाइसेन्स वितरणमा ठूलो नीतिगत भ्रष्टाचार भयो : अमरेशकुमार सिंह अमरेशकुमार सिंह

काठमाडौँ– स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले स्टक एक्सचेञ्जको लाइसेन्स वितरणमा ठूलो नीतिगत भ्रष्टाचार भएको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले स्टक एक्सचेञ्ज र कमोडिटी मार्केटको लाइसेन्स वितरणको नाममा सरकारले ठूलो नीतिगत भ्रष्टाचार गरेको बताएका हुन्।

‘लाइसेन्स वितरण गर्दा सरकारले बोलकबोल आह्वान गर्नुपर्थ्यो ,’ उनले भने, ‘नेपालभन्दा अर्थतन्त्र र जनसंख्या दुवै हिसाबले कयौँ गुणा ठूला चीन र भारतमा दुई/दुई मात्रै राष्ट्रियस्तरका स्टक एक्सचेञ्ज कम्पनी छन्। यहाँ किन धेरै चाहियो?’ ६० अर्ब पुँजी भएको अहिलेको स्टक एक्सचेञ्जलाई सिध्याउने खेल भएको सिंहले बताए।

उनले भने, ‘यसरी स्पष्ट रुपमा सरकारी सम्पत्ति ध्वस्त पारेर सरकारले गर्न थालेको नीतिगत भ्रष्टाचारको हामीले विरोध गर्नुपर्छ।’

प्रकाशित: १२ वैशाख २०८० १४:२३ | Tuesday, April 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast