सहमतिमा वरिष्ठ उपाध्यक्ष बने अन्जन श्रेष्ठ

हिमाल प्रेस ३० चैत २०७९ १७:३७ | Thursday, April 13, 2023
सहमतिमा वरिष्ठ उपाध्यक्ष बने अन्जन श्रेष्ठ

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्ष बनेका छन्।

पहिलो चरणमा भएको चुनावमा प्रतिस्पर्धी तीनै जनाले ५० प्रतिशत मत कटाउन नसकेपछि वरिष्ठ उपाध्यक्ष चयनको प्रक्रिया दोस्रो चरणमा गएको थियो।

कम मत ल्याएका रामचन्द्र संघइ पहिलो चरणबाट बाहिरिएका थिए। दोस्रो चरणका लागि अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ पुगेका थिए। तर दोस्रो चरणको निर्वाचनअघि पूर्वअध्यक्ष, वरिष्ठ उपाध्यक्षलगायत बसेर दुई जनाबीच छलफल गराएका थिए। छलफलमा अन्जनको पक्षमा सहमति बनेको हो।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने प्रावधान छ। यसअनुसार तीन वर्षपछि अन्जन अध्यक्ष बन्नेछन्। वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल यो कार्यकालको अध्यक्ष बन्दैछन्।

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन, उमेशलाल र अञ्जनबीच प्रतिस्पर्धा

प्रकाशित: ३० चैत २०७९ १७:३७ | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast