राष्ट्रियसभाको संसदीय सुनुवाइ समितिमा शर्मा, दाहाल र रायमाझी

हिमाल प्रेस १३ वैशाख २०८० १४:२३ | Wednesday, April 26, 2023
राष्ट्रियसभाको संसदीय सुनुवाइ समितिमा शर्मा, दाहाल र रायमाझी

काठमाडौँ- राष्ट्रियसभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरूको मनोनयन गरेको छ। राष्ट्रियसभाको बुधबार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रियसभा सदस्यहरूलाई मनोनयन गरेको हो।

समितिमा राष्ट्रियसभा सदस्यहरू जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजंग रायमाझी रहेका छन्। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा यी तीन सदस्यहरूलाई मनोनयन गरेको जानकारी बैठकमा गराएका थिए। सो नामहरूमा बैठकले सर्वसम्मत रूपमा सहमति जनाएको थियो।

प्रकाशित: १३ वैशाख २०८० १४:२३ | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast