काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस जाँदैछन्।
रुसको माथिल्लो सदन संघीय सभा, संघ परिषद्का अध्यक्ष भ्यालिन्टिना म्याटभियन्कोको निमन्त्रणामा उनी रुस जान लागेका हुन्।
बिहान १० बजे रुस तिर प्रस्थान गर्ने उनको टोलीमा ८ जना सदस्य रहनेछन्। अध्यक्ष तिमिल्सिना रुस जाने भएपछि बैठक भने अनिश्चित कालका लागि स्थगित भएको छ।
प्रकाशित: ६ वैशाख २०८० ८:३० | Wednesday, April 19, 2023
प्रतिक्रिया





