फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणलाई उपनिर्वाचनको चुनावी हतियार बनाएर आफ्नो पार्टीमाथी थप आक्रमणको लागि शक्ति प्रयोग गरिएको बताएका छन्।
पार्टीले ढाकाकुमार श्रेष्ठलाई कारबाही गरिसकेको छ। सो सम्बन्धमा आइतबार राति सामाजिक संजालमा यसबारे स्टाटस राख्दै लामिछानेले चुनावी सो अडियो प्रकरणलाई चुनावी हतियार बनाउन लागिएको आरोप लगाएका हुन्।
लामिछाने अहिले आफ्नो चुनावी अभियानको लागि चितवनमा लामिछानेले रास्वपा भ्रष्टलाई राख्ने,जोगाउने पार्टी नभएको भन्दै आलु कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन आउने दाबी गरेका छन्। उनले वेथीतिको बचाउ नगर्ने, बरु उदांगो पारेर दण्डित गर्ने स्पष्ट पारेका छन्।
प्रकाशित: २७ चैत २०७९ ८:०४ | Monday, April 10, 2023
प्रतिक्रिया





