भीरबाट झरेको ढुंगाले लागेर युवकको निधन

हिमाल प्रेस २ वैशाख २०८० ९:५१ | Saturday, April 15, 2023
भीरबाट झरेको ढुंगाले लागेर युवकको निधन सांकेतिक तस्बिर।

ताप्लेजुङ- तमोर नदीमा माछा मारेर फर्किने क्रममा भीरबाट झरेको ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ।

आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए।

आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न गएका थिए।

प्रकाशित: २ वैशाख २०८० ९:५१ | Saturday, April 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast