बिगमार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा छुट

हिमाल प्रेस ३० चैत २०७९ १४:५९ | Thursday, April 13, 2023
बिगमार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा छुट

काठमाडौँ- नयाँ वर्षको अवसरमा बिगमार्टमार्फत सामान खरिदमा छुट पाइने भएको छ। बिगमार्टमार्फत सामान खरिद गरी क्यूआर स्क्यानमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाइने भएको हो। विद्युतीय कारोबार प्रवद्र्धन गर्ने उद्देश्यले उक्त छुटको व्यवस्था गरिएको हो।

छुट अफरमा ग्राहकले १० प्रतिशत वा १ सय ५० रुपैयाँसम्म छुट पाउने छन्। स्मार्ट क्युआरमा आबद्ध बैंक तथा वित्तीय संस्थाका ग्राहकले बिगमार्टका सबै शाखामार्फत उक्त छुट पाउने स्मार्टच्वाइस टेक्नोलोजिज कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: ३० चैत २०७९ १४:५९ | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast