बाघको आक्रमणबाट बेपत्ता महिला मृत अवस्थामा फेला परिन्

हिमाल प्रेस ९ वैशाख २०८० ११:५९ | Saturday, April 22, 2023
बाघको आक्रमणबाट बेपत्ता महिला मृत अवस्थामा फेला परिन्

काठमाडौँ- बाघको आक्रमणमा बेपत्ता भएकी धनगढीस्थित बेलौरी नगरपालिका–८ पचुइकी गंगा चन्दको शव फेला परेको छ।

झन्डै २२ घण्टापछि शनिबार चन्दको फेला परेको सब-डिभिजन वन कार्यालय कुन्डाका प्रमुख दिनेश यादवले जानकारी दिए।

बाघ फेला परेको स्थान नजिकैको दलदलमा महिलाको शव फेला परेको हो।

शुक्रबार दिउँसो घाँस काट्न गएकी चन्दमाथि बाघले आक्रमण गरेको थियो। बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले शनिबार बाघलाई नियन्त्रणमा लिएको छ।

यो पनि

महिलालाई आक्रमण गरी बेपत्ता बनाउने बाघ नियन्त्रणमा लिन विशेषज्ञ टोली परिचालन

२२ घन्टापछि नियन्त्रणमा आयो पाटेबाघ, महिलाको अवस्था अज्ञात

प्रकाशित: ९ वैशाख २०८० ११:५९ | Saturday, April 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast