प्रतिनिधसभाको विषयगत समिति सदस्य एकदुई दिनमै टुंगो लगाउने सहमति

हिमाल प्रेस २७ चैत २०७९ १३:३२ | Monday, April 10, 2023
प्रतिनिधसभाको विषयगत समिति सदस्य एकदुई दिनमै टुंगो लगाउने सहमति

काठमाडौँ– प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समितिलाई चाँडै टुंगो लगाउने निर्णय गरेको छ।  संसद् भवनमा सोमबार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसहितको बैठकमा एकदुई दिनभित्र विषयगत समितिको टुंगो लगाउने सहमति भएको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाको बैठकको कार्यसूचीका विषयमा छलफल गरेको जानकारी दिए।

उनले विषयगत समिति बनाउने विषयमा छलफल केन्द्रित भएको बताए। नयाँ संसद्पछि हालसम्म २० वटा बैठक बसिसके पनि विषयगत समिति बन्न सकेको छैन।

उनले सबै दलहरुलाई मंगलबार बेलुकासम्म विषयगत समितिका लागि सदस्यको नाम पठाउने विषयमा सहमति जुटेको पनि जानकारी दिए। एमालेले पनि मंगलबार बेलुकासम्म समितिका लागि सदस्यहरुको नाम पठाउने बर्तौलाले बताए।

सचेतक बर्तौलाले संसदीय सुनुवाइ समिति नहुँदा विभिन्न संवैधानिक परिषद्सम्बन्धीका विषय र प्रधानन्यायाधीश नियुक्ति टुंगो लाग्न नसकेको बताए।

प्रकाशित: २७ चैत २०७९ १३:३२ | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast