निलम्बित श्रेष्ठको ठाउँमा कंसाकारलाई सांसद बनाउने रास्वपाको निर्णय

हिमाल प्रेस २९ चैत २०७९ २२:११ | Wednesday, April 12, 2023
निलम्बित श्रेष्ठको ठाउँमा कंसाकारलाई सांसद बनाउने रास्वपाको निर्णय

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले ढाका कुमार श्रेष्ठलाई कारबाही गर्दै पार्टीबाट निलम्बन गरेको छ। बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले श्रेष्ठको सांसद पदसमेत खारेजी गरेको छ। उनको ठाउँमा विन्ध्यवासिनी कंसाकारलाई नियुक्त गर्ने निर्णय गरेको छ।

बैठकमा श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडियोमा आफ्नो संलग्नता नभएको जिकिर गरेको बैठकपछि पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछानेले जानकारी दिए।

झापाका व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडियो सार्वजनिक भएपछि पार्टी कार्यालयमा बसेको बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी निलम्बन गरेको हो। रास्वपाले समानुपातिक सांसद रहेका श्रेष्ठको ठाउँमा कंसाकारलाई नियुक्त गर्ने निर्णय गरेको हो।

ढाकाले भने आफूलाई फसाउनको लागि सुनुयोजित रूपमा अडियो इडिट गरेर ल्याइएको दाबी गर्दै आफू न्यालयमा गइसकेकाले क्लिन चिट लिएर पुन: पार्टी राजनीतिमा फर्किने जिकिर गरेका छन्।

प्रकाशित: २९ चैत २०७९ २२:११ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast