गिट्टीको थुप्रोभित्र मानिसको टाउको भेटियो

हिमाल प्रेस १७ वैशाख २०८० १७:५० | Sunday, April 30, 2023
गिट्टीको थुप्रोभित्र मानिसको टाउको भेटियो

बैतडी- बैतडीको पाटनमा सडक निर्माणका लागि थुपारिएको गिट्टीभित्र मानिसको टाउको भेटिएको छ। पाटन नगरपालिका-६ पाटन तल्लो बजारमा सडक निर्माणका लागि राखिएको गिट्टीभित्र आइतबार दिउँसो मानिसको टाउको भेटिएको हो।

गिट्टीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जानकारी दिएको छ। सो ठाउँमा टाउकोको कपालसमेत रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए।

टाउको भेटिएको स्थानलाई प्रहरीले सुरक्षित राखेको छ। ‘टाउको भेटिए पनि महिलाको हो कि पुरुषको हो भन्ने चिन्न नसकिने अवस्थामा छ,’ प्रहरी निरीक्षक चौधरीले भने। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जानकारी दिएको छ। रासस

प्रकाशित: १७ वैशाख २०८० १७:५० | Sunday, April 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast