कोशीका मुख्यमन्त्रीले सय दिने उपलब्धि सार्वजनिक गर्ने

हिमाल प्रेस ४ वैशाख २०८० ७:२२ | Monday, April 17, 2023
कोशीका मुख्यमन्त्रीले सय दिने उपलब्धि सार्वजनिक गर्ने हिक्मत कार्की। फाइल तस्बिर।

विराटनगर- हिम्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले आफ्नो १ सय दिनको उपलब्धि सार्वजनिक गर्ने तयारी गरेको छ। कार्कीले मुख्यमन्त्रीको रूपमा गत पुस २५ गते शपथग्रहण गरेका थिए।

सय दिनको अवधिलाई समेटेर सरकारका मुख्य उपलब्धिको सूची सार्वजनिक गर्ने तयारी गरेको मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले जानकारी दिए।

त्यसका लागि सबै मन्त्रालयसँग विवरण माग गरिएको उनले बताए। मुख्य उपलब्धिको रूपमा कोशी प्रदेशको नामकरणमा सरकारले गरेको सहजीकरणलाई पनि उल्लेख गरिने छ।

नयाँ सरकार र नयाँ संसद् आएसँगै हालसम्म मन्त्रालय घटाउने र प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरूका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन पारित भएको छ।

सरकारले गठन गरेको एक कार्यदलले प्रदेश सरकारको सेवा प्रवाह र विकास व्यवस्थापनको निम्ति स्थिति पत्र सार्वजनिक गरिसकेको छ। तर, सोही अनुसारका ऐन, कानुन तथा नियमावलीहरू निर्माणमा सरकारको ध्यान जान अझै सकेको छैन।

प्रकाशित: ४ वैशाख २०८० ७:२२ | Monday, April 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast