ओलीमाथि आक्रमण प्रयास गर्नेप्रति युवा संघले गर्‍यो भर्त्सना

हिमाल प्रेस १४ वैशाख २०८० ७:४३ | Thursday, April 27, 2023
ओलीमाथि आक्रमण प्रयास गर्नेप्रति युवा संघले गर्‍यो भर्त्सना

काठमाडौँ- राष्ट्रिय युवा संघ, नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर झापामा भएको ढुंगामुढा प्रहारलगायतका क्रियाकलापको भर्त्सना गरेको छ।

युवा संघका अध्यक्ष क्षितिज थेबेले बुधबार राति विज्ञप्ति जारी गर्दै उक्त घटनामा संलग्न दोषीलाई यथाशीघ्र पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्।

युवा संघले अध्यक्ष ओलीमाथिको आक्रमणको घोर निन्दा गर्दै उक्त किसिमको अराजक गतिविधिको सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ। बुधबार गृहजिल्ला झापामा ओलीमाथि कालो झन्डा देखाउने र ढुंगा हान्ने काम भएको थियो।

पहिचानवादीहरूले काेशी प्रदेशको नामांकनमा असन्तुष्टि जनाउँदै ओलीलाई ढुंगा प्रहार गरेका हुन्।

 

प्रकाशित: १४ वैशाख २०८० ७:४३ | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast