उद्योग वाणिज्य महासंघको अध्यक्ष बने चन्द्रप्रसाद ढकाल

हिमाल प्रेस ३० चैत २०७९ १८:३३ | Thursday, April 13, 2023
उद्योग वाणिज्य महासंघको अध्यक्ष बने चन्द्रप्रसाद ढकाल

काठमाडौँ– चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनेका छन्। वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको स्वतः अध्यक्ष बन्ने महासंघको विधानअनुसार ढकाल आजबाट अध्यक्ष बनेका हुन्।
निवर्तमान अध्यक्ष शेखर गोल्छाले उनलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका छन्।

ढकालले महासंघको लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।

ढकाल आइएमई ग्रुपका अध्यक्ष हुन्। यो ग्रुपसँग सेवा, उत्पादन, उद्योगलगायत क्षेत्रका दुई दर्जन बढी कम्पनी छन्।

प्रकाशित: ३० चैत २०७९ १८:३३ | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast