फाइल तस्बिर।
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो दलले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका छन्।
चितवन-२ मा भएको उपनिर्वाचनमा बोल्दै लामिछानेले सरकारको न्यूनतम साझा कार्यक्रममा कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्ने लगायत बुँदा समावेश नभएकाले सरकारलाई समर्थन दिइरहनु औचित्यपूर्ण नहुने बताएका हुन्।
रास्वपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिए पनि समर्थन भने कायम राखेको छ।
प्रकाशित: १२ वैशाख २०८० १०:३० | Tuesday, April 25, 2023
प्रतिक्रिया





