अनिश्चितकालका लागि स्थगित भयो राष्ट्रियसभा बैठक

हिमाल प्रेस ५ वैशाख २०८० १२:२२ | Tuesday, April 18, 2023
अनिश्चितकालका लागि स्थगित भयो राष्ट्रियसभा बैठक

काठमाडौँ- राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
संघीय संसद् सचिवालयका महासचिव भरतराज गौत्तमले मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचना निकालेका छन्।

बैठक विशेष कारणबस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभाको नियमावली अनुसार नै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ।

महासचिव गौतमले राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको निर्देशनमा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको सूचनामै उल्लेख गरेका छन्।

यसअघि चैत ३० गतेका लागि बोलाइएको बैठक पनि राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाकै निर्देशनमा स्थगित गरिएको थियो। चैत ३० गतेका लागि बोलाएको बैठक स्थगित भएर वैशाख ४ गतेका लागि तोकिएको थियो।

वैशाख ४ गतेको राष्ट्रिय सभाको बैठकले वैशाख ५ गते दिउँसो २ बजेर ३१ मिनेटमा अर्को बैठक बस्ने तय गरेको थियो।

प्रकाशित: ५ वैशाख २०८० १२:२२ | Tuesday, April 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast