अख्तियारसम्बन्धी विधेयक सच्याउन सभामुख घिमिरेलाई चेम्बरको ज्ञापनपत्र

हिमाल प्रेस ११ वैशाख २०८० १६:१९ | Monday, April 24, 2023
अख्तियारसम्बन्धी विधेयक सच्याउन सभामुख घिमिरेलाई चेम्बरको ज्ञापनपत्र

काठमाडौँ- अख्तियारसम्बन्धी संशोधन विधेयक सच्याउन नेपाल चेम्बर अफ कमर्सले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको छ। सोमबार चेम्बर पदाधिकारीले सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै विधेयक सच्याउन आग्रह गरेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक सच्याउन पहल सभामुख घिमिरेलाई ज्ञापनपत्रमार्फत आग्रह गरिएको चेम्बरले जानकारी दिएको छ।

अख्तियारले निजी क्षेत्रको अनियमितता समेत अनुसन्धान गर्न पाउने व्यवस्था गर्न लागिएको भन्दै उद्योगी व्यवसायीले अख्तियारसम्बन्धी संशोधन विधेयकको विरोध गर्दै आएका छन्।

राष्ट्रियसभाबाट पारित भइसकेको विधेयक प्रतिनिधिसभामा छ। सो विधेयकले निजी क्षेत्र लगानी निरुत्साहित हुने व्यवसायी बताउँदै आएका छन्। व्यवसायीका छाता संगठनअरूले शिर्ष राजनीतिक दलका नेताहरूसँग पनि विधेयक सच्याउन आग्रह गरेका छन्।

यसअघि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केपी ओलीलाई भेटेर उद्योग वाणिज्य महासंघका पदाधिकारीले पनि विधेयक सच्याउन आग्रह गरेका थिए। मुलुकको अर्थतन्त्र जोखिममा रहेका बेला निजी क्षेत्र थप संकुचित हुने र उद्योग व्यवसायमा प्रतिकुल असर पर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए।

प्रकाशित: ११ वैशाख २०८० १६:१९ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast