ट्राफिक नियम उल्लंघन गर्ने १६ चालकलाई कारबाही

हिमाल प्रेस १५ चैत २०७९ २०:४७
6
SHARES
ट्राफिक नियम उल्लंघन गर्ने १६ चालकलाई कारबाही

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बुधबार बिहान गरिएको विशेष चेकिङका क्रममा १६ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा नगर्ने र ट्राफिक नियम उल्लंघन गर्ने १६ जना स्कुल बसका चालकहरू बुधबार कारबाहीमा परेका हुन्। जसमा बसको अवस्था ठिक नराख्ने ८ जना र लापरबाहीका साथ बस चलाउँदै गरेका ८ जना चालक रहेका छन्।

स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा गरी स्कुल बस सञ्‍चालन भए नभएको सम्बन्धमा ट्राफिक प्रहरीले निरन्तर अनुगमन गरिहेको छ। योसँगै चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ३१४ जना चालकहरूलाई पनि बुधबार ट्राफिक प्रहरीले कारबाही गरेको छ।

काठमाडौँ उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक नियमको पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र भट्टले जानकारी दिए।

प्रकाशित: १५ चैत २०७९ २०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + six =