एक सय वित्तीय साक्षरतासहित सन्‌राइज बैंकले मनायो ‘ग्लोबल मनी विक’

हिमाल प्रेस १४ चैत २०७९ १४:१४
2
SHARE
एक सय वित्तीय साक्षरतासहित सन्‌राइज बैंकले मनायो ‘ग्लोबल मनी विक’

काठमाडौँ- सन्‌राइज बैंक लिमिटेडले देशभर एक सय वित्तीय साक्षरता कार्यक्रम गरी ‘ग्लोबल मनी विक’ मनाएको छ। बैंकले ग्लोबल मनी विक मनाउन आफ्ना देशभरका शाखा र सामाजिक सञ्जालको प्रयोग गरेको थियो।

‘ग्लोबल मनी विक’ को यो वर्षको नारा ‘प्लान योर मनी, प्लान योर फ्युचर’ रहेको छ। यही अवधारणमा रहेर बैंकिङ सेवा, बचत, ऋण, विद्युतीय बैंकिङ सेवा र यसमा अपनाउनुपर्ने सावधानीलगायत विषय कार्यक्रममा समेटिएको थियो।

प्रकाशित: १४ चैत २०७९ १४:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 3 =