निर्वाचन प्रणाली सुधार्न सशक्त कानुन बनाउनुपर्छ : निर्वाचन आयुक्त तुलाधर

हिमाल प्रेस ७ चैत २०७९ ११:५२
6
SHARES
निर्वाचन प्रणाली सुधार्न सशक्त कानुन बनाउनुपर्छ : निर्वाचन आयुक्त तुलाधर

काठमाडौँ- निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन प्रणाली सुधार गरिने बताएकी छन्। मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचन आयोग निर्वाचन प्रणालीको सम्पूर्ण सुधार गर्न काम गरिरहेको बताएकी हुन्।

उनले निर्वाचनका लागि अझै परिस्कृत तरिकाले अघि बढ्न आयोगले आफ्ना कामहरू गरिरहेको स्पष्ट परिान्। ‘साइबर अपराधको नियमन र नियन्त्रणका लागि डिजिटल माध्यमबाट हुन सक्ने सम्भावित हस्तक्षेप रोक्न कानून र प्रविधि पक्षको अभाव छ,’ उनले भने, ‘अनुगमन संयन्त्र पनि पर्याप्त छैन। आयोगले नीति त बनायो तर सञ्चारको नीति अझै आउन सकेको छैन।’

उनले द्वेषपूर्ण अभिव्यक्तिका कुराहरू निर्वाचनको समयमा मात्रै होइन, अघिपछिका समयमा पनि हुने भएकाले ख्याल गर्नुपर्ने बताइन्। ‘सशक्त कानुन निर्माणको आवश्यकता छ। साइबर अपराधका लागि हामीले जिल्लाजिल्लामा विकेन्द्रिकृत गर्नुपर्छ,’ उनले भनिन्।

निर्वाचन आयुक्त तुलाधरले सामाजिक सञ्जालको सही सदुपयोग गरी जनस्तरमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताइन्।

प्रकाशित: ७ चैत २०७९ ११:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − three =