उपराष्ट्रपतिले लिए पद तथा गोपनीयताको शपथ

हिमाल प्रेस ६ चैत २०७९ १०:४६
2
SHARE
उपराष्ट्रपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन्।

शपथ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो।

यादव गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए। निर्वाचन आयोगले आइतबार उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको थियो। निर्वाचन आयोगका अनुसार उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ६२८ मतभारमध्ये यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी विजयी भएका थिए।

प्रकाशित: ६ चैत २०७९ १०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + sixteen =