पूर्वाञ्‍चल इन्जिजिनियरिङ क्याम्पस सभापतिमा नेविसंघ निर्वाचित

हिमाल प्रेस ५ चैत २०७९ २०:५५
4
SHARES
पूर्वाञ्‍चल इन्जिजिनियरिङ क्याम्पस सभापतिमा नेविसंघ निर्वाचित

इटहरी– सुनसरीको धरानस्थित पूर्वाञ्‍चल इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ र समाजवादी विद्यार्थी युनियनको तर्फबाट स्ववियु सभापतिका साझा उम्मेदवार रहेका नवीन श्रेष्ठ निर्वाचित भएका छन्।

कुल १ हजार ८१८ मत खसेकोमध्ये ७८४ मत प्राप्त गर्दै श्रेष्ठ स्ववियु सभापतिमा निर्वाचित भएको त्रिवि कर्मचारी संघका सभापति तथा निर्वाचनका पर्यवेक्षक हरि पाण्डेले जानकारी दिए।

श्रेष्ठले ७९४ मत प्राप्त गर्दा अखिल क्रान्तिकारीका मन्दीप अधिकारीले ५५२ मत प्राप्त गरे। यस्तै एमाले निकट अनेरास्ववियुको तर्फबाट उम्मेदवार बनेका अशेष रेग्मीले ३७० र राप्रविसंघका आभाष अधिकारी ९४ मत प्राप्त गरे।

यस्तै सचिवमा गठबन्धनतर्फ समाजवादी विद्यार्थी युनियनका राजनकुमार यादवले ६३९ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिद्वन्दी अनेरास्ववियुका संकल्प खतिवडा ५६१ मत प्राप्त गरे।

यस्तै कोषाध्यक्षमा नेविसंघका महेश्वरप्रसाद भट्टले १ हजार ४५ मत प्राप्त गर्दै निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्दी अनेरास्ववियुका दीपर्शन ढकालले ३३३ मत प्राप्त गरे।

यस्तै प्रत्यक्षतर्फ नेविसंघले ५ सदस्य जितेको छ भने अनेरास्ववियुले २ वटा र क्रान्तिकारीले १ सदस्य जितेको पाण्डेले जानकारी दिए।

समानुपातिकतर्फ भने नेविसंघले ६५१ मत प्राप्त गरेको छ। यस्तै अनेरास्ववियुले ३३५, क्रान्तिकारीले २५४, समाजवादी विद्यार्थी युनियनले २५४ र राप्रविसंघले १५६ मत प्राप्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =