१४ वर्षपछि आज स्ववियु निर्वाचन

हिमाल प्रेस ५ चैत २०७९ ६:५६
4
SHARES
१४ वर्षपछि आज स्ववियु निर्वाचन काठमाडौँको थापाथली इन्जिनियरिङ क्याम्पसमा २०७३ फागुनमा भएको स्ववियु चुनावमा सहभागी विद्यार्थी। फाइल तस्बिर : रासस

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज (आइतबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हुँदैछ। ६० आंगिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन हुन लागेको हो। निर्वाचनको मतदान बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि निर्धारण गरिएको छ ।

निर्वाचनमा अहिलेसम्म दुई आंगिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छन्। प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुन सकेको थिएन।

प्रकाशित: ५ चैत २०७९ ६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =