नागढुंगा नौबिसे-मुग्लिन सडक खण्डको मुआब्जा वितरण गर्न मन्त्रिपरिषद्को स्वीकृति

हिमाल प्रेस १ चैत २०७९ १६:४१
10
SHARES
नागढुंगा नौबिसे-मुग्लिन सडक खण्डको मुआब्जा वितरण गर्न मन्त्रिपरिषद्को स्वीकृति तस्बिरः रासस

काठमाडौँ- सरकारले नागढुंगा-नौबिसे-मुग्लिन सडकखण्ड विस्ताका लाग मुआब्जा वितरणका लागि स्वीकृति दिएको छ।

बुधबार सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उक्त जानकारी गराएकी हुन्।

सडक सिमाभित्रका १ सय २१ घरटहरा भोगचलन गर्ने व्यक्तिहरूलाई क्षतिपूर्ति दिएर घरटहरा हटाउनका लागि स्वीकृति प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको मन्त्री शर्माले बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + seven =