लुम्बिनी प्रदेशका मन्त्री आचार्यको घरमा चोरी

हिमाल प्रेस २४ फागुन २०७९ १९:२०
24
SHARES
लुम्बिनी प्रदेशका मन्त्री आचार्यको घरमा चोरी

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ। सन्धिखर्कको हटारीनेटास्थित उनको निजी निवासमा गए राति चोरी भएको प्रहरीले जनाएको छ।

लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्यको परिवार घरमा नभएको मौका छोपी चोरी भएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए। घरका सबै कोठाको ताल्चा फुटाएर चोरी भएको छ।

‘के-कति चोरी भयो भन्नेबारे मन्त्री आएपछि यकिन हुने भन्दै उनले आफूहरूले यसमा गम्भीर अनुसन्धान गरिरहेको बताए। ‘के-कति चोरी भयो भन्ने विवरण माननीयज्यू आएपछि थाहा हुन्छ,’ उनले भने। घटनाबारे थप अनुसन्धान भएको पनि उनले जानकारी दिए।

छिमेकीहरूका अनुसार यसअघि पनि आचार्यको घरमा चोरी भएको थियो। त्यसबेला त्यति धेरै क्षति नभए पनि यसपालि सबै ताल्चा फोडेको र सामान लगेको उनीहरूको भनाइ छ।

‘डेढ महिनाअघि पनि मन्त्रीज्यूको घरमा चोरी भएको थियो,’ छिमेकी शोभाखर पन्थीले भने,’यसले वरिपरिका बासिन्दाले असुरक्षित महसुस गरिरहेका छन्।’ -रासस

प्रकाशित: २४ फागुन २०७९ १९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast