आईसीसी विश्वकप लिग २- नेपाली टिम उच्च मनोबलकासाथ मैदानमा उत्रने

हिमाल प्रेस २४ फागुन २०७९ १८:१३
4
SHARES
आईसीसी विश्वकप लिग २-  नेपाली टिम उच्च मनोबलकासाथ मैदानमा उत्रने

काठमाडौँ- आईसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक श्रृङ्खला बिहिबारदेखि सुरु हुने भएको छ। नेपाल, युएई र पपुवा न्युगिनी (पीएनजी)बीचको त्रिकोणात्मक एकदिवसीय क्रिकेट श्रृङ्खला त्रिभुवन कीर्तिपुरस्थित विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ। श्रृङ्खलाबाट तेस्रो, चौथो र पाँचौं स्थानमा रहने टोलीको टुंगो लाग्नेछ।

घरेलु मैदानमा हुन लागेको श्रृङ्खलामा नेपालले यूएई र पपुवा न्युगिनीसँग समान दुई–दुई गरी चार खेल खेल्नेछ। नेपालले चारै खेल जितेमा ४० अंकसहित लिग २को तेस्रो स्थानमा पुग्नेछ। तीन वटै टिमले अंक सुधार गर्ने लक्ष्यसहित खेल प्रदर्शन गर्ने अपेक्षा गरेका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टे देशाइले अन्तिम श्रृङ्खला कठिन भए पनि जितको लक्ष्यसहित मैदान उत्रने बताए। बिहीबारको खेलमा सम्पूर्ण ध्यान केन्द्रीत रहेको उनको भनाइ थियो।

कप्तान रोहित पौडेलले पछिल्लो समय सोचेजस्तो खेल प्रदर्शन गर्न सफल भएको भन्दै आगमी खेल पनि जित्ने लक्ष्यसहित मैदानमा उत्रने बताए।

त्यस्तै युएई र पपुवा न्युगिनीका प्रशिक्षक र कप्तानहरूले पनि अन्तिम श्रृङ्खलामा जितको लक्ष्यसहित मैदानमा उत्रने बताएका छन्। नेपालले बिहीबार पीएनजीसँग, आइतबार यूएईसँग, सोमबार पीएनजीसँग र अन्तिम खेल आगामी बिहीबार यूएईसँग खेल्ने तालिका छ।

प्रकाशित: २४ फागुन २०७९ १८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + six =