माओवादीलाई सखाप पार्ने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

हिमाल प्रेस २१ फागुन २०७९ १३:५०
70
SHARES
माओवादीलाई सखाप पार्ने षड्यन्त्र भइरहेको छ : प्रचण्ड फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूलाई ‘भूत’ भन्दै टिप्पणी गरेका छन्। आज आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले बेपत्ता र साहदत भएकाहरूलाई राज्यले सम्मान गर्न थालेपछि भूतहरू बाटोमा निस्किएको बताएका हुन्।

उनले भने, ‘भूतप्रेतहरू बाटामा निस्किँदै केही फरक पर्दैन। उनीहरू उफ्रिँदैमा इतिहास लेख्न बलिदान गरेका सपूतहरुको योगदान भुल्न सकिँदैन। सरकारको तर्फबाट बेपत्ता र साहदतहरूलाई सम्मान गर्ने प्रक्रिया अघि बढ्दा तिनीहरू अहिले तर्सिएका छन्।’

बेपत्ता तथा साहदहरूलाई सम्झँदै फागुन १ लाई जनयुद्ध दिवस मनाउने कुरा कोसेढुंगा भएको प्रचण्ड बताउँछन्।

माओवादीविरुद्ध भ्रम छर्ने र घेरा हाल्नेहरू सक्रिय भइरहेको पनि बताए। केहीले माओवादीलाई सखाप पार्न प्रतिक्रियावादीहरूले रणनीति अपनाएको पनि उनको भनाइ छ।

‘माओवादीहरुविरुद्ध भ्रम छर्ने, घेरा हाल्ने र सखाप पार्ने प्रतिक्रियावादीको रणनीति छ। विभिन्न समयमा विभिन्न कसरत भइरहेका छन्,’ उनले भने, ‘माओवादीहरू एक ठाउँमा उभिएर जनतालाई गोलबन्द गर्ने संकल्प गरेमा केही फरक पर्दैन।’

प्रकाशित: २१ फागुन २०७९ १३:५०

प्रतिक्रिया

One thought on “माओवादीलाई सखाप पार्ने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

  1. Mahobadile des sakhap paryo dhan lutyo ijjat lutyo des khayo
    Mahobadilai sakhap nam nishan nabhayeko dekhna man 6

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 8 =