राष्ट्रपति निर्वाचन : मतदाताले यी कागजात देखाएर पाउनेछन् भोट हाल्न

हिमाल प्रेस १९ फागुन २०७९ १६:३२
26
SHARES
राष्ट्रपति निर्वाचन : मतदाताले यी कागजात देखाएर पाउनेछन् भोट हाल्न

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका मतदाताहरूले कुन कागजातका आधारमा मतदान गर्न पाउँछन् भन्नेबारे जानकारी दिएको छ।

आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूले राष्ट्रिय परिचयपत्र, संसद् सचिवालयको परिचलय पत्र, मतदाता परिचय पत्र, सांसद निर्वाचित भएको प्रमाणपत्रमध्ये एउटा कागजात देखाएर भोट हाल्न पाउने बताएको हो। फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ। राष्ट्रपति निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्बाङबीच चुनावी प्रतिस्पर्धामा छन्।

 

प्रकाशित: १९ फागुन २०७९ १६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =