‘सिटाडेल’मा गुप्तचर बनिन् प्रियंका चोपडा

हिमाल प्रेस १७ फागुन २०७९ १३:३३
10
SHARES
‘सिटाडेल’मा गुप्तचर बनिन् प्रियंका चोपडा

काठमाडौँ- भारतीय अभिनेत्री प्रियंका चोपडा अभिनीत हलिउड वेब सिरिज ‘सिटाडेल’को टिजर सार्वजनिक भएको छ। वेब सिरिज अमेजन प्राइम भिडियोबाट प्रसारण हुनेछ। जसमा प्रियंका गुप्तचर बनेकी छन्। एक्सन गरिरहेकी छन्। उनको यो अवतार धेरैलाई मन परेको छ।

वेब सिरिजमा प्रियंका नादिया सिंह नामक जासुसको भूमिकामा छिन्। नामबाट प्रस्ट हुन्छ उनी भारतीय मूलको चरित्र गर्दैछिन्। रिचर्ड म्याडेन, स्टेनली टुचीलगायत कलाकार मुख्य भूमिकामा रहेको यो साइन्स फिक्सन ड्रामा हो।

फिल्म ‘द हिरो ः लभ स्टोरी अफ अ स्पाई’बाट प्रियंकाले बलिउडमा प्रवेश गरेकी थिइन्। सन् २००३ मा प्रदर्शनमा आएको फिल्ममा उनले अभिनेता सनी देओलसँग काम गरेकी थिइन्। बलिउडमा सफल अभिनेत्रीमा गनिएपछि उनी हलिउडतिर लागिन्। पछिल्लो समय उनी बलिउडभन्दा पनि हलिउडमा बढी व्यस्त छिन्।

केही दिनअघि उनी अभिनीत हलिउड फिल्म ‘लभ अगेन’को ट्रेलर सार्वजनिक भएको थियो। मे १२ मा प्रदर्शनमा आउने सो फिल्ममा उनले सेम ह्युघन र सलिन डियोनसँग काम गरेकी छन्।

प्रकाशित: १७ फागुन २०७९ १३:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seventeen =